प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०८-०३

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०२ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१.      सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको सन्दिप चौधरी

२.      लागूऔषध मुद्दमा २ महिना कैद सजाय तोकिएको तपेन्द्र बोहरा ।

३.      भबितब्य ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.५००।- जरिवाना तोकिएको सेते भण्डारी ।

४.      लागूऔषध मुद्दमा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बस्ने बर्ष २० को महेश राना ।

५.      किर्ते मुद्दामा ११ महिना ६ दिन कैद सजाय र रु.५०।- जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.७ बस्ने बर्ष ३७ को सतुराम चौधरी ।

६.      लागूऔषध मुद्दामा ५ बर्ष कैद सजाय र रु.५,००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बस्ने बर्ष ४५ की गौरव श्रेष्ठ ।

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०३।१७ गतेको फैसलाले लागूऔषध मुद्दामा १ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.११ बस्ने बर्ष २८ को गणेश अबस्थीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।०२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको     

      दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०२  गते जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१.      अभद्र व्यवहार गर्न नहुने मुद्दामा ३ बर्ष कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको जिल्ला दार्चुला, महाकाली न.पा.७ धाप बस्ने बर्ष २५ को सुरेश राम कोली  

२.      बिदेशी विनिमय अपचलन मुद्दामा रु.७७,३४८.७०।जरिवाना तोकिएको जिल्ला दार्चुला, दुँहुँ गा.पा.१ पिपलचौरी बस्ने बर्ष ३२ को तेज बहादुर बम ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।