अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।०३ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,०००।–बराबरको बिभिन्न किसिमका मोवाइल कभर, प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।