अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०५
- A
- A-
- A+
कैलाली:- मिति
२०८२।०८।०४ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी
उ.म.न.पा.८ नालापानी नजिकबाट ऐ. भद्र टोल बस्ने बर्ष ४५ को सुरज चौधरीलाई शंका
लागि चेकजाँच गर्दा निजको साथबाट ६ ग्राम ४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो
देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो
शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट मनेहरा, कैलालीबाट
संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०८।०४ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिक सडक खण्डबाट ऐ.१ ब्लक नं. १७ बस्ने बर्ष २३ को खगेन्द्र साउद र ऐ.५ नुक्लिपुर बस्ने बर्ष २६ को दिपक बिष्टलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ५६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलाली र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।