फरार प्रतिबादी पक्राउ
२०८२-०८-०५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको
सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा
जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०४ गते
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट
खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. केही
सार्वजनिक अपराध मुद्दामा ६ महिना कैद सजाय र रु.२५,०००।– (पच्चिस हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, जानकी
गा.पा.८ भगरैया बस्ने वर्ष ३२ को दयाराम चौधरी र सोही मुद्दामा ६ महिना कैद सजाय र
रु.२५,०००।– (पच्चिस हजार) जरिवाना तोकिएको सोही
ठाउँ बस्ने बर्ष २७ को सुरेन्द्र चौधरी ।
२. चोरी
मुद्दामा १
महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएकी जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ३२ की सृजना कुमाल ।
३. लागूऔषध
मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७
बस्ने बर्ष २३ को प्रकाश राना ।
४.
लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको
जिल्ला कैलाली,
धनगढी उ.म.न.पा.७ बस्ने बर्ष २९ को शिव राना ।