अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।०५ गते १७:४० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ पुर्बलम्की स्थित माछापुछ्रे बैङक नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३८,८००।–बराबरको चिनी, सुर्ती लगायतका सामानहरु इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०८।०५ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.९ बुद्धबिहार स्थित भित्रि सडकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८०,८८०।–बराबरको गहुँको विउ, हरियाली मल लगायतका समानहरु इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।