प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-०६

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८२।०८।०५ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.३ बनकुरुवा स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा जिल्ला कञ्चनपुर, भिमदत्त ना.पा.१८ भगतपुर बस्ने बर्ष २९ को अशोक चौधरीलाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट ६.९४  ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-०६

    कैलाली:- मिति २०८२।०८।०५ गते १७:४० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ पुर्बलम्की स्थित माछापुछ्रे बैङक नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३८,८००।–बराबरको चिनी, सुर्ती लगायतका सामानहरु इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- मिति २०८२।०८।०५ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.९ बुद्धबिहार स्थित भित्रि सडकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८०,८८०।–बराबरको गहुँको विउ, हरियाली मल लगायतका समानहरु इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

फरार प्रतिबादी पक्राउ
२०८२-०८-०५

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१.      केही सार्वजनिक अपराध मुद्दामा ६ महिना कैद सजाय र रु.२५,०००।– (पच्चिस हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, जानकी गा.पा.८ भगरैया बस्ने वर्ष ३२ को दयाराम चौधरी र सोही मुद्दामा ६ महिना कैद सजाय र रु.२५,०००।– (पच्चिस हजार) जरिवाना तोकिएको सोही ठाउँ बस्ने बर्ष २७ को सुरेन्द्र चौधरी । २.      चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएकी जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ३२ की सृजना कुमाल ।३.      लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ बस्ने बर्ष २३ को प्रकाश राना । ४.      लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ बस्ने बर्ष २९ को शिव राना । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-०५

      कैलाली:- मिति २०८२।०८।०४ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.८ नालापानी नजिकबाट ऐ. भद्र टोल बस्ने बर्ष ४५ को सुरज चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६ ग्राम ४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट मनेहरा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         यसैगरी, मिति २०८२।०८।०४ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिक सडक खण्डबाट ऐ.१ ब्लक नं. १७ बस्ने बर्ष २३ को खगेन्द्र साउद र ऐ.५ नुक्लिपुर बस्ने बर्ष २६ को दिपक बिष्टलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ५६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलाली र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।