प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस पक्राउ

२०८२-०८-०६

  • A
  • A-
  • A+
Share

      बैतडी:- मिति २०८२।०८।०५ गते १५:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला बैतडी, पञ्चेश्वर गा.पा. ४ महाकालि करिडोर  स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा ऐ. बगौरा बस्ने वर्ष ४१ को गम्भिर बहादुर चन्दको साथबाट भरुवा बन्दुक नाल- १, बारुद डब्बा - २, ठुलो छर्रा ४ वटा, सानो छर्रा ३१ वटा, ३ बट्टा सलाई र १ वटा केप फेला पारी उक्त बन्दुक सहित निजलाई नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।      

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।