भरुवा बन्दुक सहित मानिस पक्राउ
२०८२-०८-०६
- A
- A-
- A+
बैतडी:- मिति २०८२।०८।०५ गते १५:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला बैतडी, पञ्चेश्वर गा.पा. ४ महाकालि करिडोर स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा ऐ. बगौरा बस्ने वर्ष ४१ को गम्भिर बहादुर चन्दको साथबाट भरुवा बन्दुक नाल- १, बारुद डब्बा - २, ठुलो छर्रा ४ वटा, सानो छर्रा ३१ वटा, ३ बट्टा सलाई र १ वटा केप फेला पारी उक्त बन्दुक सहित निजलाई नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।