फरार प्रतिवादी पक्राउ
२०८२-०८-०७
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७७।०६।१५ गतेको फैसलाले चोरी मुद्दामा १ बर्ष ६ महिना कैद सजाय र रु.२०,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, दोधरा चाँदनी न.पा.९ शान्तीटोल बस्ने बर्ष २५ को प्रकाश साउँदलाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।०६ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।