आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०८-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।०७ गते १७:४५ बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.११ शिबपुर बस्ने शंकर बि.क.को घरमा कोही नभएको समयमा निजकै भान्जा बर्ष ५ को अभिषेक बि.क.ले लाइटर चलाउने क्रममा घर नजिकै रहेको परालमा आगो लागी सोही आगो नजिकै रहेको घरमा सल्किन गइ माटो, काठ र खरले बनेको एक तले कच्ची घरमा आगलागी हुँदा घर र घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भँडावर्तन लगायतका सामानहरु जलेर नष्ट भएको, मानविय तथा चौपाया क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको ।