फरार प्रतिबादी पक्राउ
२०८२-०८-०८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०७ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागूऔषध चरेश मुद्दामा १ महिना ८ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.१० पहलमानपुर बस्ने बर्ष २३ को चक्र जैगडी ।
२. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, जानकी गा.पा. ७ गोलोरी बस्ने बर्ष २१ को शंकर चौधरी ।
३. वहु-विवाह मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएकी जिल्ला कैलाली, टिकापुर न.पा. २ बिजयपुर बस्ने बर्ष २७ की मिना कुमारी चौधरी ।
४. बैङ्किग कसुर मुद्दामा ३ दिन कैद सजाय र रु.१५,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली भजनी न.पा.०९ बस्ने बर्ष ३३ को बुधराम चौधरी ।