अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।०९ गते १४:४५ बजेको समयमा लागूऔषध बेच बिखन भइरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला कैलाली, गौरीगंगा न.पा. ८ बडैपुर बजारबाट सोही ठाउँ बस्ने बर्ष ३० को हरेन्द्र भाटलाई चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ९५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०८।०९ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट ऐ. १३ मोहनपुर बस्ने बर्ष ३० को रुमन चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३ ग्राम ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलाली बाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।