करेन्ट लागेर मृत्यु
२०८२-०८-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।०९ गते १६:४५ बजेको समयमा जिल्ला बझाङ घर भई जिल्ला कैलाली, घोडाघोडी न.पा.१ लक्ष्मिपुर माईतिघरमा आएकी बर्ष ४२ की कमला बि.क. माईतिघरको नल्कामा मोटर चलाएर नुहाउने क्रममा करेण्ट लागी गम्भिर घाइते भई उपचारको लागी घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, सो सम्बन्धमा अनुसन्धान भइरहेको ।