प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२।२८ गते ईलाका प्रहरी कार्यालय भजनीवाट खटिएको प्रहरी टोलीले भजनी न.पा.३ कुसुम घाट स्थित चेकजांच गर्दा भारत बाट नेपाल तर्फ पैदल आईरहेका जि.कैलाली टिकापुर न.पा.१ बस्ने बर्ष ४० कि सन्ध्या शर्मा आचार्य र निजकै छोरा बर्ष २७ को किरण आचार्यको साथबाट ५ ग्राम १८० मिली ग्राम र ऐ.भजनी न.पा.१ बस्ने बर्ष १८ को दिनेस बि.क.को साथ बाट १ ग्राम ८५० मिली ग्राम ला.औ.खैरोहेरोईन फेला पारि निजहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

सोही दिन ईलाका प्रहरी कार्यालय टिकापुरवाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेका जानकी गापा ७ बस्ने बर्ष ३२ को दिपक रोक्का मगरलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट १ ग्राम ३० मिलिग्राम लागु औषध खैरोहेरोईन फेला पारी पक्राउ गरेको हो ।मंगलबार राती जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले धनगढी उमनपा २ मिलनचोक स्थित जिल्ला बैतडी पाटन न.पा. ४ घर भई हाल जिल्ला कन्चनपुर शुक्लाफाट ४ बस्ने बर्ष २६ को गौतम भट्ट र ऐ. बस्ने बर्ष २३  को यज्ञराज भट्टको  साथबाट स्पास नामक १० ट्याब्लेट ला.औ. फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।