अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-११
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।१० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेल र भजनी न.पा.३ कृष्णनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३६,६००।– बराबरको Egg Free cake premix प्याकेट, Chefzone प्याकेट, नमकिन, युरिया मल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०८।१० गते जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.३ देबिस्थान स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१८,०००।–बराबरको माछा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि स्थानिय तथा जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको ।