अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-११
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०८।१० गते १८:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ पिपरैया चोकबाट सोही ठाउँ बस्ने बर्ष २६ को सुरज रानालाई चेकजाँच गर्दा निजको साथबाट ८६० मिलिग्राम र ऐ.८ बिछुवा बस्ने बर्ष २२ को समिर बडायकलाई चेकजाँच गर्दा निजको साथबाट २ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।