प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०८-११

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.८ बस्ने विजय कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।  

    डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले जातिय बिभेद भेदभाव मुद्दामा २ महिना १४ दिन कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा.४ बस्ने बर्ष ४२ को लाल सिंह भाटलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-११

      कैलाली:-  मिति २०८२।०८।१०  गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेल र भजनी न.पा.३ कृष्णनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३६,६००।– बराबरको Egg Free cake premix प्याकेट, Chefzone प्याकेट, नमकिन, युरिया मल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।       कञ्चनपुर:- मिति २०८२।०८।१० गते जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.३ देबिस्थान स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१८,०००।–बराबरको माछा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि स्थानिय तथा जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको । 

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-११

    कञ्चनपुर:- मिति २०८२।०८।१० गते १८:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ पिपरैया चोकबाट सोही ठाउँ बस्ने बर्ष २६ को सुरज रानालाई चेकजाँच गर्दा निजको साथबाट ८६० मिलिग्राम र ऐ.८ बिछुवा बस्ने बर्ष २२ को समिर बडायकलाई चेकजाँच गर्दा निजको साथबाट २ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

फरार प्रतिबादी पक्राउ
२०८२-०८-१०

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०९  गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. चोरी मुद्दामा १ महिना १०दिन कैद सजाय तोकिएका जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.२ सिर्जना टोल बस्ने बर्ष ३९ को गोर्खे दमाई  र बर्ष ३६ की जानकी दमाई  ।२. बैंकिङ कसूर मुद्दामा १५ दिन कैद सजाय र ७,२५,०००।-  (सात लाख पच्चिस हजार) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.२ अमरैया बस्ने वर्ष ३६ को गोपाल राना ।     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहरा बस्ने बर्ष २४ को शिव रानालाई  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।०९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।      डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना इजाजत बन्यजन्तु सम्बन्धि मुद्दामा ६ दिन कैद सजाय र,रु.५,०००।- जरिवाना  तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.१ तडिपाटा बस्ने बर्ष ५० को डम्बर ऐरलाई  जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।०९ गते पक्राउ गरेको  ।