अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।१४ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडा कटानबाट ऐ.१२ बस्ने बर्ष २१ को प्रशान्त ऐर र बर्ष २० को अरुण राईलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०८।१४ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.४ बाघमारा स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २३ को प्रशान्त चौधरी र बर्ष १९ को बिश्राम चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।