अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेलबाट जिल्ला डोटी, दिपायल सिलगडि न.पा.४ बस्ने बर्ष ३२ को दिपेन्द्र वडलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०८।१५ गते १९:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुरबाट सोही ठाउँ बस्ने बर्ष २४ को आकाश रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।