अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।१६ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चौराहबाट जिल्ला कैलाली, लम्किचुहा न.पा.५ बस्ने बर्ष २८ को प्रकाश सुनार, जिल्ला कञ्चनपुर, वेदकोट न.पा.७ बस्ने बर्ष २० को दिनेश पाल र ऐ.बस्ने बर्ष २० को भुपेन्द्र विष्टलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।