आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०८-१७
- A
- A-
- A+
बाजुरा:- मिति २०८२।०८।१६ गते १२:३५ बजेको समयमा जिल्ला बाजुरा, बडिमालिका न.पा.८ मार्तडी बजार स्थित प्रकाश थापाले सञ्चालन गरेको टिनले बनेको सागर ग्यारेज तथा गोदाममा विद्युतको लाईन सट भई आगलागी हुँदा गोदाम र ग्यारेज भित्र रहेका सम्पुर्ण सामानहरु गरी अन्दाजी मुल्य रु.२,००,००,०००।– ( दुई करोड) बराबरको बराबरको धनमाल जलेर नष्ट भएको, मानविय क्षती नभएको, स्थानिय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।