प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८२-०८-१७

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बिशेष अदालत काठमाण्डौको मिति २०८१।०१।२४ गतेको फैसलाले भष्ट्राचार मुद्दामा ५ बर्ष ११ महिना २६ दिन कैद सजाय र रु.८५,२८,७८३ ।- ( पचासी लाख अठ्ठाइस हजार सात सय त्रियासी)  जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.५ बस्ने वर्ष ५४ को पल्टु रानालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६ गते पक्राउ गरेको  ।

     यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०३।१३ गतेको फैसलाले अबैध रुपमा काठ ओसारपसार र चोरी मुद्दामा २ महिना कैद सजाय र रु.३,०००।– जरिवना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.५ बस्ने बर्ष ३३ को रबिन्द्र साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६ गते पक्राउ गरेको । 

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ६ बस्ने बर्ष २२ को दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।  

     डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बन सम्बन्धी कसुर मुद्दामा २२ दिन कैद सजाय र रु.१,६७,७०४।- जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.६  सोधनी बस्ने बर्ष ५५ को प्रेम सिंह धामीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६  गते ऐ.अमरगढी न.पा.५ बागबजारबाट पक्राउ गरेको ।  

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१६

      कैलाली:-  मिति २०८२।०८।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेलबाट जिल्ला डोटी, दिपायल सिलगडि न.पा.४ बस्ने बर्ष ३२ को दिपेन्द्र वडलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी,  मिति २०८२।०८।१५ गते १९:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुरबाट सोही ठाउँ बस्ने बर्ष २४ को आकाश रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

      कैलाली:-  मिति २०८२।०८।१४ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडा कटानबाट  ऐ.१२ बस्ने बर्ष २१ को प्रशान्त ऐर र बर्ष २० को अरुण राईलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी, मिति २०८२।०८।१४ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.४ बाघमारा स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २३ को प्रशान्त चौधरी र बर्ष १९ को बिश्राम चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।