प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०८-१८

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-  मिति २०८२।०८।१७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क,२ नम्वर गल्ली र ऐ.१० सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,६८,३५४।– बराबरको आईफोन कभर, बेलुन, झालर, हल्दि सेट, पाउडर, गिफ्ट पेपर, कलर गन, अन्न परासन, जुत्ता, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

     कैलाली:- मिति २०८२।०८।१७ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ जसबहादुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३५,०००।–बराबरको बिडी इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८२-०८-१७

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बिशेष अदालत काठमाण्डौको मिति २०८१।०१।२४ गतेको फैसलाले भष्ट्राचार मुद्दामा ५ बर्ष ११ महिना २६ दिन कैद सजाय र रु.८५,२८,७८३ ।- ( पचासी लाख अठ्ठाइस हजार सात सय त्रियासी)  जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.५ बस्ने वर्ष ५४ को पल्टु रानालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६ गते पक्राउ गरेको  ।     यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०३।१३ गतेको फैसलाले अबैध रुपमा काठ ओसारपसार र चोरी मुद्दामा २ महिना कैद सजाय र रु.३,०००।– जरिवना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.५ बस्ने बर्ष ३३ को रबिन्द्र साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६ गते पक्राउ गरेको ।     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ६ बस्ने बर्ष २२ को दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।       डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बन सम्बन्धी कसुर मुद्दामा २२ दिन कैद सजाय र रु.१,६७,७०४।- जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.६  सोधनी बस्ने बर्ष ५५ को प्रेम सिंह धामीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६  गते ऐ.अमरगढी न.पा.५ बागबजारबाट पक्राउ गरेको ।