आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०८-१८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०८।१७ गते २२:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ राजघाट स्थित आसि देबि चौधरीले सञ्चालन गरेको आसि देबि चौधरी कुखुरा पोल्टि फर्ममा बिद्युतको तार सट भई आगलागी हुँदा फर्म र फर्म भित्र रहेका ३०० वटा कुखुराका चल्ला, ग्याँस सिलिण्डर लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.३,००,०००।– (तिन लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानविय तथा चौपाय क्षेती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।