प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८२-०८-१८

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८२।०८।१७ गते २२:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ राजघाट स्थित आसि देबि चौधरीले सञ्चालन गरेको आसि देबि चौधरी कुखुरा पोल्टि फर्ममा बिद्युतको तार सट भई आगलागी हुँदा फर्म र फर्म भित्र रहेका ३०० वटा कुखुराका चल्ला, ग्याँस सिलिण्डर लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.३,००,०००।– (तिन लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानविय तथा चौपाय क्षेती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।     


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।