अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।१८ गते १९:०० बजेको समयमा लागूऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गौरीगंगा न.पा.८ बढैपुर बजारबाट ऐ. गिधनिया बस्ने बर्ष २९ को मनोज बस्नेतलाई चेकजाँच गर्दा निजको साथबाट १२ ग्राम ७५ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, निजले प्रयोग गरेको स्कुटी थान-१, लागूऔषध तौल गर्ने तराजु थान-१, निजले प्रयोग गरेको मोबाइल थान-३ र नगद रु.५,९५५।– समेत फेला पारी उक्त पदार्थ, नगद र समानहरु सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।