प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१२-३०

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।१२।२९ गते जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उप-महानगरपालिका २ भवानी मार्ग स्थित ऐ.ऐ. बस्ने बर्ष २५ को प्रकाश साउद र ऐ. १ बस्ने बर्ष १८ विमान नेपाली लाई संका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर (खैरोहेरोईन) फेला पारी दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

कञ्चनपुर-  मिति २०७९/१२/२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त न.पा.७  हल्दुखाल स्थित ऐ. ४ बर्ष १८ को अमित खत्री र ऐ. १८ बस्ने बर्ष १८ को करन चौधरी संकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलिले चेकजाँच गर्दा निजहरुको साथ बाट REXOGESIC लेखिएको यमफुल थान २४ ,PHENARGAN लेखिएको यमफुल थान २४ र DIAZEPAM लेखिएको यमफुल थान ६ गरी जम्मा ५४ थान फेलापारी निजहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । 

सोही दिन ईलाका प्रहरी कार्यालय वेलडाँडी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० भुडा स्थित सडक वाटोमा सु.प.प्र. ०२००३ प ४२४७ नम्बरको मो.सा. रोकी उभिएका जि. कञ्चनपुर भिमदत्त न.पा.३ बिचपुरी बस्ने बर्ष २६ को करन डगौरा र ऐ.ऐ. बस्ने बर्ष २४ को अजय चौधरीलाई चेक जाँच गर्दा निजहरुको साथबाट ४ ग्राम ८०० मिलिग्राम लागु औषध ब्राउन सुगर (खैरोहेरोईन) फेला पारी मो सा सहित निजहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१०

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१६ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६४० मिलिग्राम र डिजिटल काटा थान-१ सहित सोही ठाउँ बस्ने सुरेश बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३१० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २५ को सुरेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली कैलारी गा.पा.७ हौसलपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २४ ग्राम ४०० मिलिग्राम सहित देश भारत लखिमपुर खिरी बेलापर्शुवा बस्ने बर्ष ४७ को हरि चन्द्र कठरियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.७ डाँडाबनबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८ ग्राम ७३० मिलिग्राम र लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ५७० मिलिग्राम टिकापुर न.पा.२ राजिपुर बस्ने बर्ष ३३ को संन्जय नगार्जी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.४ भल्काबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष ३१ को गणेश थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा ४ मोहतीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १३ ग्राम सहित दुहु गा.पा.४ बस्ने बर्ष ४३ को राजेन्द्र सिह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-०९

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.७ जोख्खरताल नजिक र भजनी न.पा.२ गौनहियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०७,६००।– बराबरको बिडी, मोबाईल ग्लास, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,७००।– बराबरको मोबाईल कभर, सुट कपडा लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

फरार प्रतिबादी पक्राउ
२०८३-०३-०९

        कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बालुवाफाँटा बस्ने वर्ष ३८ को दिपेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।        डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना २९ दिन कैद सजाय तोकिएको जिल्ला डोटी, आदर्श गा.पा.७ जडिमाना बस्ने बर्ष ५६ को रण बहादुर बिष्टलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले सोमबार दिपायल सिलगढी न.पा.६ सिलगढी बाट पक्राउ गरेको हो ।