लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-३०
- A
- A-
- A+
कैलाली- मिति २०७९।१२।२९ गते जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जि.कैलाली धनगढी उप-महानगरपालिका २ भवानी मार्ग स्थित ऐ.ऐ. बस्ने बर्ष २५ को प्रकाश साउद र ऐ. १ बस्ने बर्ष १८ विमान नेपाली लाई संका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर (खैरोहेरोईन) फेला पारी दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर- मिति २०७९/१२/२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त न.पा.७ हल्दुखाल स्थित ऐ. ४ बर्ष १८ को अमित खत्री र ऐ. १८ बस्ने बर्ष १८ को करन चौधरी संकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलिले चेकजाँच गर्दा निजहरुको साथ बाट REXOGESIC लेखिएको यमफुल थान २४ ,PHENARGAN लेखिएको यमफुल थान २४ र DIAZEPAM लेखिएको यमफुल थान ६ गरी जम्मा ५४ थान फेलापारी निजहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोही दिन ईलाका प्रहरी कार्यालय वेलडाँडी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० भुडा स्थित सडक वाटोमा सु.प.प्र. ०२००३ प ४२४७ नम्बरको मो.सा. रोकी उभिएका जि. कञ्चनपुर भिमदत्त न.पा.३ बिचपुरी बस्ने बर्ष २६ को करन डगौरा र ऐ.ऐ. बस्ने बर्ष २४ को अजय चौधरीलाई चेक जाँच गर्दा निजहरुको साथबाट ४ ग्राम ८०० मिलिग्राम लागु औषध ब्राउन सुगर (खैरोहेरोईन) फेला पारी मो सा सहित निजहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।