अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।२१ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४५,६००।–बराबरको कोट, लुङ्गी, सल, भेष्ट, टाउजर, पेटिकोट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०८।२१ गते १०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०७,०६३।–बराबरको बिभिन्न किसिमका कपडा, मोबाईल कभर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।