अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।२१ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चौराहबाट जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.५ बस्ने वर्ष २७ को गोविन्द विष्टलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०८।२१ गते १७:२० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.८ भाँसिबाट सोही ठाउँ बस्ने वर्ष २१ को महेन्द्र डगौरालाई पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी बिट गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।