फरार प्रतिबादी पक्राउ
२०८२-०८-२२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. चोरी मुद्दामा २ वर्ष कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४ डि गाँउ बस्ने बर्ष २३ को आसबिन पौडेल क्षेत्री ।
२. चोरी मुद्दामा २ वर्ष कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४ डि गाँउ बस्ने बर्ष २२ को आशिष सुनार ।
३. चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २१ को सुबिर डगौरा ।
४. चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २४ को राज चौधरी ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०७।१६ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१४ मझगाँउ वस्ने बर्ष २४ को अजय भण्डारीलाई अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२१ गते पक्राउ गरेको ।