फरार प्रतिबादी पक्राउ
२०८२-०८-२३
- A
- A-
- A+
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५५।०१।२७ गतेको
फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१२,०००।-
(बाह्र हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास
न.पा.३ बस्ने बर्ष ६३ को राम सिंह तामाङलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती,
कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२२ गते निजकै घर
ठेगानाबाट पक्राउ गरेको ।
डोटी:- फैसला कार्यान्वयनको
सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको फैसलाले बहुविवाह मुद्दामा १ बर्ष ११
महिना १० दिन कैद सजाय तोकिएको जिल्ला डोटी, शिखर न.पा.२
मुढेगाँउ बस्ने बर्ष ४० को लाल बहादुर दाशलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट
खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२२ गते पक्राउ गरेको ।