अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।२३ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९
खक्रौला चेकपोष्ट नजिकबाट ऐ.८ कर्मीडाडा बस्ने बर्ष ३१ को प्रविण साउद र ऐ. बस्ने
बर्ष २६ को धन बहादुर चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ८६०
मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ
सहित निजहरु दुवैलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान
भईरहेको ।
यसैगरी:- मिति २०८२।०८।२३
गते १५:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर
न.पा.९ बालुवाटार चोक स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने वर्ष २८ को कृष्ण बहादुर
साउदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो
हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी
कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।