प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०८-२५

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२४ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१.      बैकिङ कसुर मुद्दामा १५ दिन कैद सजाय र रु.५,१०,०००। ( पाँच लाख दश हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष ३७ को छेदुराम डगौरा थारु । 

२.      लागूऔषध मुद्दामा १ बर्ष कैद सजाय र रु.५,०००। (पाँच हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष ३२ को धन बहादुर बोहरा ।

३.      लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ बस्ने बर्ष २५ को सुरेश चौधरी ।

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०३।२४ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा प्रति ब्यक्ति १० महिना १६ दिन कैद सजाय र रु.१०,०००। (दश हजार) जरिवना तोकिएका फरार प्रतिवादिहरु जिल्ला बझाङ, छबिसपाथिभारा गा.पा.२ बस्ने बर्ष ३८ को महेन्द्र रोकाया र ऐ. बस्ने बर्ष ४२ अम्मर बहादुर रोकायालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२४ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ महेन्द्रनगर बजारबाट पक्राउ गरेको ।    

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२५

     कैलाली:-  मिति २०८२।०८।२४  गते १८:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट जिल्ला कैलाली, जानकी गा.पा.१ दुर्गौली बस्ने बर्ष २२ को निराजन भुललाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        कञ्चनपुर:-  मिति २०८२।०८।२४  गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ सालघारीबाट सोही ठाउँ बस्ने बर्ष २५ को हेमन्त धामीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय गड्डचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         यसैगरी,  मिति २०८२।०८।२४  गते २३:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ भाँसि स्थित लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सुचानाको आधारमा ऐ. वेदकोट न.पा.४ बगुन घर भइ हाल ऐ.३ भाँसि कोठा गरि बस्ने बर्ष २८ को सुनिल बिष्टको कोठामा चेकजाँच गर्दा  ऐ. ३ बस्ने बर्ष २७ की निलम अवस्थि, ऐ. ७ बस्ने बर्ष २६ को बिनोद ठगुन्ना, ऐ. बेल्डाडी गा.पा.१ बस्ने बर्ष २५ को योजन शर्मा, ऐ. बस्ने बर्ष २२ को भरत बम र निज सुनिल बिष्ट समेत पाँच जना लागूऔषध सेवन गरीरहेको अवस्थामा फेलापारी उक्त कोठाको खानतलासि गर्दा ३ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु पाँचै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२४

     कैलाली:-  मिति २०८२।०८।२३  गते १५:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट ऐ.८ कर्मीडाडा बस्ने बर्ष ३१ को प्रविण साउद र ऐ. बस्ने बर्ष २६ को धन बहादुर चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवैलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         यसैगरी:-  मिति २०८२।०८।२३  गते १५:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ बालुवाटार चोक स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने वर्ष २८ को कृष्ण बहादुर साउदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२३

    कञ्चनपुर:- मिति २०८२।०८।२२ गते १५:४० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ महाकाली क्याम्पस नजिक बेलौरी तर्फ आउदै गरेको सु.प.प्र.०१-०१ ह ५५०५ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाडी बस्ने बर्ष २७ को नरेन्द्र बोहरा, अटोमा सवार ऐ. चौराहा बस्ने बर्ष ३६ को प्रेम खत्री र ऐ.१३ राजपुर बस्ने बर्ष ४० को चक्रपति गिरीको साथबाट २ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, अटो सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        दार्चुला:- मिति २०८२।०८।२२  गते २०:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, महाकाली न.पा.४ खलंगा बजारबाट शंकास्पद रुपमा पैदल हिडी राखेको अवस्थामा ऐ. व्यास गा.पा.६ हुती घर भई ऐ. महाकाली न.पा.४ डेरा गरी बस्ने बर्ष २२ को बिजय टमटा र ऐ. महाकाली न.पा.४ खलंगा बजार बस्ने बर्ष २१ को धिरज लुहारलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ३१ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।