अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-२६
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०८।२५ गते कञ्चनपुर
जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क स्थित सडक र ब्रहमदेब हाईवेबाट अबैंध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु.४५,०१,१७९।– बराबरको IPhone मोबाईल, डोरी, बेल्ट, सवारी साधन
मर्मत गर्ने सर समान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत
कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको ।
कैलाली:- मिति २०८२।०८।२५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ बुद्धचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु.६९,५००।–बराबरको बिभिन्न किसिमका
पटका, माछा मार्ने जाल, जाल बाध्ने डोरी, बल्छि धागो लगायतका सामानहरु जिल्ला
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको ।