प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-२६

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८२।०८।२५  गते १८:३० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी स्थित लियाक्सन होटल अगाडी सडकमा संकास्पद रुपमा हिडिरहेको अवस्थामा  ऐ. गोदावरी न.पा.३ चौकीडांडा बस्ने वर्ष २३ को सागर वि.क.लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई सोधपुछ गर्दा सोही स्थान नजिकै रहेको दिपा कुमारी बिष्टले संचालन गरेको लियाक्सन होटलबाट उक्त लागु औषध (खैरो हेरोईन) खरिद गरी ल्याएको हुँ भन्ने सूचना पश्चात उक्त होटलमा समेत खानतलासि गर्दा होटलको बरण्डाको बल्क (इटा) मुनी लुकाई छिपाई राखेको अवस्थामा १०० मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निज सागर वि.क.लाई इलाका प्रहरी कार्यालय चिसापनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र निज होटल संचालक दिपा कुमारी बिष्ट फरार रहेकाले खोजतलास भइरहेको,  थप अनुसन्धान भईरहेको      

     यसैगरी:- मिति २०८२।०८।२५ गते १९:३० बजेको समयमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी स्थित १ नम्बर पुलबाट नयाँवस्ती जाने सडक किनारमा सोही ठाउँ बस्ने वर्ष ५५ को रति कठायतले सञ्चालन गरेको खोका पसलमा शंका लागी चेकजाँच गर्दा उक्त खोका भित्र काठको र्‍याकमा स्टिलको डिब्बा थान २ (दुई ) र प्लाष्टिकको डिब्बा थान १ (एक) भित्र लुकाई छिपाई राखेको अवस्थामा १ किलोग्राम १६० ग्राम लागुऔषध गाँजा फेला पारि उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।