सवारी दुर्घटनामा मृत्यु
२०८२-०८-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।२५ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, घोडघोडी न.पा.१० स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ त ५९०६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ऐ.९ सिखरझाला बस्ने बर्ष ५२ को अजुवा सार्कीले चलाएको गोरू डल्लबलाई ठक्कर दिई दुर्घटना हुँदा निज अजुवा सार्की गम्भिर घाइते भई उपचारको लागि सि.यस.अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, ट्याक्टर साहु जिल्ला कैलाली, घोडाघोडी न.पा.९ रतिपुर बस्ने बर्ष २५ को मंगल बटालालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको, ट्याक्टर चालक फरार रहेकाले खोजतलास भइरहेको, ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको ।