अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।२६ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिनगरबाट ऐ.२ रैका टोल बस्ने बर्ष २३ को विकास सेवाको साथबाट १ ग्राम १८० मिलिग्राम र ऐ.८ बस्ने बर्ष ३२ को प्रदिप योगीको साथबाट ५ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।