फरार प्रतिबादी पक्राउ
२०८२-०८-२९
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२८ गते इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागूऔषध खैरो हिरोइन मुद्दामा ४ बर्ष १० महिना २८ दिन कैद सजाय र रु.५०,०००।-(पचास हजार) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणि बस्ने बर्ष ३२ को बिरेन्द्र नाथ ।
२. बहु बिबाह मुद्दामा १६ दिन कैद सजाय र रु.१,०००।-(एक हजार) जरीवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ पहरिया बस्ने बर्ष ६८ को गगन सिंह बुढा ।
३. बन मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.५ खजुवा बस्ने बर्ष ७२ को बिष्णु दत्त जोशी ।