स्कुल बसको ठक्करबाट ८ बर्षिय वालकको मृत्यू
२०८२-०९-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।२९ गते १७:४० बजेको समयमा जिल्ला कैलाली, घोडघोडी नगरपालिका२ घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा ऐ. साडेपानी बस्ने बर्ष ५७ को भागी राम चौधरीले चलाएको म.प्र.०३-००१ क २९४१ नम्बरको सनराईज बोडिङ स्कुल बौनिया, कैलालीको बसले सोही बोडिङ स्कुल कक्षा १ मा अध्यनरत सोही ठाउँ बस्ने बर्ष ८ को गोबिन्द बिष्टलाई स्कुल बिदा भई घरतर्फ छोड्ने क्रममा घर देखि अन्दाजी ३०० मिटर टाढा पुर्व उत्तरमा बसबाट झर्ने क्रममा सोही बसको ठक्करबाट घटनास्थलमै मृत्यू भएको, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, सो सम्बन्धमा अनुसन्धान भईरहेको ।