फरार प्रतिबादी पक्राउ
२०८२-०९-०१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२९ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ५ तारानगर बस्ने भोज राज के.सी. ।
२. लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.८ बस्ने प्रदिप चौधरी ।
३. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बिशाल बिश्वकर्मा ।
४. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बस्ने खगेन्द्र बहादुर सिंह ।
५. लागूऔषध मुद्दामा १ महिना १२ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ बस्ने सागर राजी ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०२।०४ गतेको फैसलाले चोरी मुद्दामा ६ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.२ बस्ने वर्ष ६० को सिङलाल तामाङलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२९ गते पक्राउ गरेको ।