प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८२-०९-०२

  • A
  • A-
  • A+
Share

     दार्चुला:- मिति २०८२।०९।०१ गते १७:२५ बजेको समयमा जिल्ला दार्चुला, महाकाली न.पा.४ बाङ्गाबगर लास्सुखोला दोभान स्थित महाकाली नदिको किनारामा जिल्ला बझाङ, दुर्गाथली गा.पा.६ घर भई हाल जिल्ला दार्चुला, महाकाली न.पा.४ प्रेम शालिक स्थित कोठा गरी बस्ने वर्ष ३५ को शेर बहादुर महता र देश भारत पिथौरागढ जिल्ला सिरखा, उत्तराखण्ड घर भई हाल भारतको धार्चुला बजार बस्ने वर्ष २४ को भासु बुढाथोकिलाई नेपालबाट महाकाली नदी पार गरी भारत तर्फ भन्सार छलि गरि लैजादै गरेका अन्दाजी मूल्य रु.७९,०००।– बराबरको लेडिज कटराईज पाईन्ट, लेडिज ट्राउजर, कटराइज पाइन्ट लगायतका सामानहरु सामुदायिक सेवा केन्द्र बाङगाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान र निजहरु दुवै जनालाई नियन्त्रण लिएको ।       

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।