अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०९।०१ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट ऐ.१ ब्लक नम्वर १२ बस्ने बर्ष २१ को सुरेन्द्र थ्यायतलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०९।०१ गते १८:४० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ भुरुवा स्थित भित्री सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष १९ को करन नेपालिलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०९।०१ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित सडकखण्डबाट ऐ.३ कटानपुर बस्ने बर्ष २० को बिशाल बि.क.लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १०० लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।