फरार प्रतिबादी पक्राउ
२०८२-०९-०३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाटा १२ राष्टीय निकुन्ज बस्ने मान बहादुर रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०२ गते पक्राउ गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५१।०९।०५ गतेको फैसलाले बन मुद्दामा ३ महिना कैद सजाय र रु.५,१४४।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ गुलरिया बस्ने बर्ष ७२ को कर्ण देव धिक्तलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२५ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।