प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०९-०४

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०९।०३ गते १९:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।–बराबरको प्याज, चिनी, सरप, सुटपिस, सुटपिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

     कञ्चनपुर:- मिति २०८२।०९।०३ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.५ झिलमिलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,८००।–बराबरको सल, सुटपिस, कुर्था सुरवाल, टि-सर्ट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०९-०३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाटा १२ राष्‍टीय निकुन्ज बस्ने मान बहादुर रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०२  गते पक्राउ गरेको ।       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५१।०९।०५ गतेको फैसलाले बन मुद्दामा ३ महिना कैद सजाय र रु.५,१४४।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ गुलरिया बस्ने बर्ष ७२ को कर्ण देव धिक्तलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२५ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।      

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८२-०९-०२

     दार्चुला:- मिति २०८२।०९।०१ गते १७:२५ बजेको समयमा जिल्ला दार्चुला, महाकाली न.पा.४ बाङ्गाबगर लास्सुखोला दोभान स्थित महाकाली नदिको किनारामा जिल्ला बझाङ, दुर्गाथली गा.पा.६ घर भई हाल जिल्ला दार्चुला, महाकाली न.पा.४ प्रेम शालिक स्थित कोठा गरी बस्ने वर्ष ३५ को शेर बहादुर महता र देश भारत पिथौरागढ जिल्ला सिरखा, उत्तराखण्ड घर भई हाल भारतको धार्चुला बजार बस्ने वर्ष २४ को भासु बुढाथोकिलाई नेपालबाट महाकाली नदी पार गरी भारत तर्फ भन्सार छलि गरि लैजादै गरेका अन्दाजी मूल्य रु.७९,०००।– बराबरको लेडिज कटराईज पाईन्ट, लेडिज ट्राउजर, कटराइज पाइन्ट लगायतका सामानहरु सामुदायिक सेवा केन्द्र बाङगाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान र निजहरु दुवै जनालाई नियन्त्रण लिएको ।