फरार प्रतिबादी पक्राउ
२०८२-०९-०४
- A
- A-
- A+
बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०८१।०३।०५ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ वर्ष ८ महिना २२ दिन कैद सजाय र रु.१५,०००।- (पन्ध्र हजार) जरिवाना तोकिएको जिल्ला बैतडी, पुर्चौडी न.पा.४ बस्ने जय बहादुर धानुकलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।