अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०५
- A
- A-
- A+
कैलाली :- मिति २०८२।०९।०४ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मसान टोल स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७५,०००।– ( पचहत्तर हजार ) बराबरको चकलेट, लेहन्गा, उलन सट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर :- मिति २०८२।०९।०४ गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा. वडा नं ५ झिलिमिला स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १०३१०।– (दश हजार तीन सय दश) बराबरको उनि तन्ना, सल, सिरक कभर,कफि,लाल सिन्दुर,तुलसी चिया,स्माई ललिपप,सेन्टर फ्रुट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।