प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-०५

  • A
  • A-
  • A+
Share

      कैलाली :- मिति २०८२।०९।०४  गते १८:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट  ऐ.१ ब्लक नम्वर १० बस्ने बर्ष ३१ को लक्ष्मण वन र ऐ.ऐ. बस्ने वर्ष २८ को गजेन्द्र रावललाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ४७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   


सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०९-०५

      कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६४।०१।३१ गतेको फैसलाले कैदी भगाए सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ७ मटैया बस्ने मनिराम चौधरीलाई इलाका प्रहरी कार्यालय रैकवार,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।           यसैगरी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०१।२६ गतेको फैसलाले लागु औषध खैरो हिरोईन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. ३ पिप्लाडी बस्ने वर्ष २२ को रबिन चौधरीलाई इलाका प्रहरी कार्यालय झलारी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।     

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०५

     कैलाली :- मिति २०८२।०९।०४ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मसान टोल स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७५,०००।– ( पचहत्तर हजार ) बराबरको चकलेट, लेहन्गा, उलन सट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर :- मिति २०८२।०९।०४ गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा. वडा नं ५ झिलिमिला स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १०३१०।– (दश हजार तीन सय दश) बराबरको उनि तन्ना, सल, सिरक कभर,कफि,लाल सिन्दुर,तुलसी चिया,स्माई ललिपप,सेन्टर फ्रुट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०४

     कैलाली:- मिति २०८२।०९।०३ गते १९:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।–बराबरको प्याज, चिनी, सरप, सुटपिस, सुटपिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:- मिति २०८२।०९।०३ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.५ झिलमिलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,८००।–बराबरको सल, सुटपिस, कुर्था सुरवाल, टि-सर्ट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

फरार प्रतिबादी पक्राउ
२०८२-०९-०३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाटा १२ राष्‍टीय निकुन्ज बस्ने मान बहादुर रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०२  गते पक्राउ गरेको ।       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५१।०९।०५ गतेको फैसलाले बन मुद्दामा ३ महिना कैद सजाय र रु.५,१४४।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ गुलरिया बस्ने बर्ष ७२ को कर्ण देव धिक्तलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२५ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।