फरार प्रतिबादी पक्राउ
२०८२-०९-०५
- A
- A-
- A+
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६४।०१।३१ गतेको फैसलाले कैदी भगाए सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ७ मटैया बस्ने मनिराम चौधरीलाई इलाका प्रहरी कार्यालय रैकवार,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
यसैगरी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०१।२६ गतेको फैसलाले लागु औषध खैरो हिरोईन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. ३ पिप्लाडी बस्ने वर्ष २२ को रबिन चौधरीलाई इलाका प्रहरी कार्यालय झलारी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।