प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-०५

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६४।०१।३१ गतेको फैसलाले कैदी भगाए सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ७ मटैया बस्ने मनिराम चौधरीलाई इलाका प्रहरी कार्यालय रैकवार,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।     

      यसैगरी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०१।२६ गतेको फैसलाले लागु औषध खैरो हिरोईन मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. ३ पिप्लाडी बस्ने वर्ष २२ को रबिन चौधरीलाई इलाका प्रहरी कार्यालय झलारी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।