अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-०६
- A
- A-
- A+
कैलाली
:-
मिति
२०८२।०९।०५ गते १७:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.प.न.पा. १२ जुगेडा स्थित
जि.कैलाली गोदावरी न.पा. ६ बस्ने वर्ष २५ को नबिन चौधरी र ऐ.ऐ. बस्ने वर्ष २२ को
शुसिल चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १९० मिलिग्राम लागूऔषध ब्राउनसुगर
जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको
प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।