फरार प्रतिबादी पक्राउ
२०८२-०९-०६
- A
- A-
- A+
कञ्चनपुर :- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।१५ गतेको
फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु. २०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर
भिमदत्त.न.पा.१२ बस्ने बर्ष २३ को आशिष रानालाई इलाका प्रहरी कार्यालय
गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०५ गते पक्राउ गरेको ।
यसैगरी :- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।१२।२६ गतेको
फैसलाले लागु औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त.न.पा.१०
बस्ने बर्ष २२ को हरिश साउँदलाई प्रहरी चौकी जिमुवा,कञ्चनपुरबाट खटिएको प्रहरी
टोलीले मिति २०८२।०९।०५ गते पक्राउ गरेको ।
यसैगरी:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।१५ गतेको
फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु. २०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर
भिमदत्त.न.पा.१६ बस्ने बर्ष २० को विशाल रानालाई इलाका प्रहरी कार्यालय
गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजको घर ठेगानबाट मिति २०८२।०९।०५
गते पक्राउ गरेको ।