प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट मानिस मृत्यू

२०८२-०९-०६

  • A
  • A-
  • A+
Share

    दार्चुला :  मिति २०८२।०९।०५ गते २०:५५ बजेको समयमा जिल्ला दार्चुला मार्मा गा.पा. ३ भैसेवगर स्थित गोकुलेश्वर लटिनाथ भित्री सडक खण्डमा ऐ. लटिनाथ बाट ऐ. सेरी तर्फ गईरहेको चालक जिल्ला दार्चुला मार्मा गा.पा. ६ सेरी बस्ने बर्ष अं.२६ को माधव महाराले चलाएको सुप.प्र०१-००१ च २६०४ नं.को जिप एक्कासि अनियन्त्रीत भई सडक बाट अं. २००।२५० मिटर तल खसेको उक्त जिपमा सवार ऐ.ऐ. ३ भैसे बस्ने बर्ष अं.२२ को केशव राज जोशी जिपले च्यापिएको अवस्थामा रहेकोमा उद्दार गरी उपचारको लागी मार्मा आधारभुत स्वास्थ्य चौकी मार्मामा ल्याईएकोमा निजको उपचारको क्रममा मिति २०८२।०९।०६ गते ०१:०५ बजे मृत्यू भएकोजिप घटना स्थलमा नै रहेको चालक प्रहरीको नियन्त्रणमा रहेको,  सो सम्बन्धमा अनुसन्धान भईरहेको              

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।