सवारी दुर्घटनाबाट मानिस मृत्यू
२०८२-०९-०६
- A
- A-
- A+
दार्चुला : मिति २०८२।०९।०५ गते २०:५५ बजेको समयमा जिल्ला
दार्चुला मार्मा गा.पा. ३ भैसेवगर स्थित गोकुलेश्वर लटिनाथ भित्री सडक खण्डमा ऐ.
लटिनाथ बाट ऐ. सेरी तर्फ गईरहेको चालक जिल्ला दार्चुला मार्मा गा.पा. ६ सेरी बस्ने
बर्ष अं.२६ को माधव महाराले चलाएको सुप.प्र०१-००१ च २६०४ नं.को जिप एक्कासि
अनियन्त्रीत भई सडक बाट अं. २००।२५० मिटर तल खसेको उक्त जिपमा सवार ऐ.ऐ. ३ भैसे
बस्ने बर्ष अं.२२ को केशव राज जोशी जिपले च्यापिएको अवस्थामा रहेकोमा उद्दार गरी
उपचारको लागी मार्मा आधारभुत स्वास्थ्य चौकी मार्मामा ल्याईएकोमा निजको उपचारको
क्रममा मिति २०८२।०९।०६ गते ०१:०५ बजे मृत्यू भएको, जिप घटना स्थलमा
नै रहेको चालक प्रहरीको नियन्त्रणमा रहेको, सो
सम्बन्धमा अनुसन्धान भईरहेको ।