अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०९-०७
- A
- A-
- A+
कैलाली :- मिति
२०८२।०९।०६ गते १०:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा जंगल
स्थित भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याएका अ. ८,५०,०००।– ( आठलाख पचास हजार
) बराबरका ४ वटा मो.सा.हरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले
बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवशयक कारवाहीको लागी कैलाली भन्सार
कार्यालय त्रीनगर,कैलाली पठाईएको ।
यसैगरि, मिति
२०८२।०९।०६ गते विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु. ४०,९५०।- ( चालिस हजार नौ सय पचास ) बराबरको ५० बन्डल बिडी,
धोती,हल्दी सेट, अण्डर ट्राउजर,चिनी,खुर्सानी लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको ।